आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८१, शुक्रबार

पोखरा/ न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले सर्वोच्च उनीहरुलाई सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्। निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।

सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।

यसैगरी परिषद् बैठकले न्याय परिषद् (पहिलो संशोधन) नियमावली २०८० को कार्यान्वयन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन सम्बोधनका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै परिषद् बैठकले उच्च अदाततका १४ जना न्यायाधीशहरूको सरूवा गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->