बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रिडर्स कर्नरमा दशैँ किताब मेला

रिडर्स कर्नरमा दशैँ किताब मेला


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

पोखरा/किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दशै किताब मेला शुरू भएको छ । पोखराको न्यूरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो ।
यसअघि पनि रिडर्स कर्नरले पाठकहरूलाई किताब खरिद गर्दा छुट दिँदै आएको छ । ‘आठौँ रिडर्स अर्पचुनिटी मेला’ नाम दिइएको किताब मेलामा पाठकहरूले नेपाली, अँग्रेजी, हिन्दी भाषामा लेखिएका विविध विधाका किताब खरिद गर्न सक्ने छन् ।
किताब खरिद गर्दा १ हजार ९९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १० प्रतिशत, २ हजारदेखि ३ हजार ४९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाउने छन् । यसैगरी ३५ सयदेखि ४ हजार ९९९ रूपैयाँसम्म किताब खरिद गर्दा २० प्रतिशत र ५ हजार रूपैयाँ भन्दा माथि २५ प्रतिशतसम्म छुट पाइने रिडर्स कर्नरका सञ्चालक भावना थपलियाले जानकारी दिइन् ।
‘रिडर्सले यसअघिका वर्षमा पनि दशैँको मौका पारेर किताब खरिदमा छुटको व्यवस्था गर्दै आइरहेको छ । सधैँ जस्तो यसपालि पनि किताब खरिद गर्दा छुटको व्यवस्था गरेका छौँ,’ उनले भनिन्, ‘पाठकहरूले आएर जुन विधाको किताब मन पर्छ छानीछानी किताब किनेर, उति नै छुट पनि पाउन सक्नुहुनेछ ।’
असोज १ देखि शुरू भएको किताब मेला असोज २४ गतेसम्म चल्ने छ । रिडर्स किताब मेलाको फाइदा उलेख्य पाठकहरूले लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->