बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जनप्रिय क्याम्पसमा शुभकामना आदानप्रदान

जनप्रिय क्याम्पसमा शुभकामना आदानप्रदान


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८१, बुधबार

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसँैं, तिहार, नेपाल सम्बत्, छठ, ल्होसार पर्वको छेको पारेर शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजेक्छेले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुने हुँदा आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने हुँदा यसैलाई शुभकामना मान्न आग्रह गरे ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले भने ‘मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको साखलाई कायम राख्ने दायित्व शिक्षक कर्मचारीको हो ।’ क्याम्पस सञ्चालक समितिका सदस्य विजयराज आचार्यले साँस्कृतिक अतिक्रमको खतरा बढेकाले नेपालीहरूका चाडपर्व र संस्कृति जोगाउन चुनौती भएको हुँदा मितव्ययी र सिर्जनशील हुनुपर्ने बताए ।
पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य भेषराज उपाध्याय बराल, केन्द्रीय सल्लाहकार वेदहरी तिमिल्सिना, पूर्व क्याम्पस प्रमुख लोकराज भण्डारी, पूर्व निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बराल, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, प्राध्यापक संघका विकास थापामगर, प्रगतिशील प्राध्यापक संगठनका सन्तोष अधिकारी, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष नरेश बराल र लेखा प्रमुख निमराज पौडेलले विगत ३३ वर्षदेखि समुदायमा आधारित क्याम्पसले आर्जन गरेको गरिमा गौरव गर्न लायक भएको बताए ।
शुभकामना आदानप्रदानसँगै शिुलु चालिसे, टंकराज बरालले गीत गायन प्रस्तुत गरेका थिए भने राजेन्द्र पौडेल र सुरेश रानाभाटले कविता वाचन गरेका थिए ।
पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल र पब्लिक क्याम्पस कर्मचारी संघ जनप्रिय बुहुमुखी क्याम्पस इकाईको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता विकास थापामगरले गरेका थिए । कर्मचारी संघका अध्यक्ष देवी पनेरुले स्वागत मन्तव्य राखेका थिए भने प्राध्यापक संघका सचिव राजेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->