पोखरा/ पोखरा–१९ घार्मी मैदानमा रहेको भूमेश्वर आाधारभूत विद्यालयमा ट«स्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पौडेलको सहयोगमा विध्यार्थीलाई खाजा खाने बेला बस्न मिल्नेगरी ट्रस्ट निर्माण गरिने भएको हो । ट्रस्टको बिहिबार घटस्थापनाको शुभ साइत पारेर शिलन्यास गरियो ।
विद्यालय अक्षय कोष समितिका संयोजक तथा विद्यालयका पूर्व प्रअ समेत रहेका मोहनप्रसाद पौडेलको उपस्थितिमा समाजसेवी पौडेलले ट्रस्टको शिलान्यास गरेका हुन । शिलन्यास पछि बोल्दै सहयोगदाता एकनाथ पौडेलले ट्रस्ट निर्माणको सम्पूर्ण लागत रकम सहयोग गर्ने बताए ।
आफूले अक्षराम्भ गरेको विध्यालयमा बालबालिकाहरुले खुल्ला चौर र वरण्डामा बसेर खाज खाइरहेको देखेर ट्रस्टको आवस्यकता देखेर दशै बिदाको अवसर पारेर निर्माण गर्न लागिएको बताए । समाजसेवी पौडेलले यस अघि पनि उक्त विद्यालयका विद्यार्थीलाई ड्रेस आदि विभिन्न भौतिक सामाग्रीहरु सहयोग गर्दै आएका थिए ।विद्यालयका अध्यक्ष रामप्रसाद पौडेलले, यो सहयोग विद्यालयका लागि अमुल्य रहेको बताउदै, आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । वडाकै पुरानो विद्यालयका रूपमा रहेको सो विद्यालयमा कक्षा वाल विकास देखि ५ सम्म पठनपाठन हुदै आएको छ ।





