बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सामुदायिक र निजि विद्यालयको अधिकार समान – प्रदेश प्रमुख भट्ट

सामुदायिक र निजि विद्यालयको अधिकार समान – प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनुपर्ने बताएका छन । नेशनल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै भट्टले समान अधिकारका लागि आवज उठाउन आग्रह गरे ।

‘अव छिट्टै नै शिक्षा सम्वन्धि नयाँ कानुन आउदैछ’ भट्टले भने, ‘कानुन वन्ने वेलामानै तपाईहरु तात्नु पर्ने वेला आएको छ ।’ नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको रिजल्ट उत्कृष्ट देखिएको भन्दै उनले शिक्षा क्षेत्रमा पु¥याएको अथक मेहनत र योगदानको राज्यले महशुस गरेको बताए । सरकारी क्षेत्रको अनुभव सहितको दक्षता र निजि क्षेत्रको क्षमतायुक्त उर्जाले शिक्षामा गुणस्तरीयता अभिवृद्धि गर्ने सकिने उनको भनाई थियो । प्राविधिक सीपविनाको सैद्धान्तिक डिग्री प्रभावकारी नहुने बताउँदै उनले विश्व प्रतिष्पर्धामा उत्रन प्राविधिक शिक्षा अपरिहार्य रहेको उल्लेख गरे । भट्टले धेरै विद्यार्थी अध्ययन गर्ने निजि विद्यालयहरुले विद्यार्थीको आचरण, अनुशाशन र चरित्र निर्माण विशेष ख्याल राख्न आग्रह गरे । ‘नेपालको शिक्षाको विकासमा सार्वजनिक निजि साझेदारी अवधारणाको शक्तिलाई विकास गर्नु पर्छ’ उनले भने ।

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले लामो समयसम्म संघिय शिक्षा ऐन नआउदा शैक्षिक क्षेत्रमा समस्या वल्झिएको बताए । ‘तत्कालिन राजा महेन्द्रका पालमा वनेको शिक्षा ऐन वल्ल ५३ वर्ष पछि वन्दैछ’ उनले भने, ‘संघिय शिक्षा ऐन नवन्दा स्थानीय तहमा भएका फरक फरक कानुनले अप्ठ्यारो परेको छ ।’ उनले संघिय शिक्षा ऐन कस्तो खालको आउने हो त्यौ चुनौतिको विषय रहेको उल्लेख गरे ।

एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोचीले परीक्षालाई लक्षीत गरेर पढाइ हुने गरेको बताउँदै अव कक्षा कोठाको सिकाइ लक्षित परीक्षाको व्यवस्था हुनु पर्ने बताए । उनले राष्ट्र र समाजलाई खाँचो र आवश्यकता महशुस गरी काम गर्न सकेमा निजि विद्यालयको महत्व वढ्ने बताए । साधारण सभामा संस्थाका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी र लेखा संयोजक दिपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर पालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य नेशनल प्याव्सनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराई, प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेल्टा कास्कीका अध्यक्ष अजय थापा, प्रज्ञा पब्लिकेशनका रमेशराज बराल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका प्रशाशन सचिव जीवन दाहाले शुभकामना दिएका थिए । एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->