आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा चङ्गा चेट प्रतियोगिता, विजयी भए राकेश शर्मा

बागलुङमा चङ्गा चेट प्रतियोगिता, विजयी भए राकेश शर्मा


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८१, शुक्रबार

बागलुङ / बडादशैंका अवसरमा बागलुङका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । सदरमुकाम बागलुङस्थित धवलागिरी क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दशैंको माहोल बढाएको उनीहरुको अनुभव छ ।

दशैंको अवसर पारेर रोट्र्याक्ट क्लब अफ बागलुङले चङ्गा चेट प्रतियोगिता गरायो । चङ्गा चेट प्रतियोगितामा राकेश शर्मा विजयी भएका छन् । उनले रु. पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरे । क्लबका अध्यक्ष सौरव केसीका अनुसार दोस्रो स्थान बबिन शाक्यले हासिल गरे।

प्रतियोगितामा १७ जनाले भाग लिएका थिए । प्रतियोगितामा सहभागी सबैलाई क्लबले उपहार प्रदान गरेको छ । प्रतियोगीबाहेकले पनि चङ्गा उडाएर मनोरञ्जन लिएका थिए । क्लबले गत वर्षदेखि चङ्गा चेट प्रतियोगिता गर्न सुरु गरेको हो ।

‘दशैंमा चङ्गा उडाउने परम्परालाई जोगाइराख्न र प्रतियोगितामार्फत युवा तथा बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चङ्गा चेट कार्यक्रम राखिएको हो’, अध्यक्ष केसीले बताए ।

चाडबाडका अवसरमा खुसियाली साट्ने माध्यमका रुपमा पनि चङ्गा चेट गर्ने गरिएको छ । पछिल्लो समय चङ्गा उडाउने चलन कम हुँदै गएको छ ।

चङ्गालाई खुसी र हर्षोल्लासको प्रतिकका रुपमा लिइन्छ । दशैं, तिहारका बेला चङ्गाको व्यापार पनि राम्रै हुने गरेको व्यवसायी यहाँका व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->