बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०८१, आइतबार

दमौली / तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन्। केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए।

बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरूलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए। होटलका सञ्चालक वैश गुरुङले दसैंको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडबारे सोधपुछ गरेको बताए।  उनले भने, ‘नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ। दसैँबारे सोधपुछ गरेपछि हामीले यस पर्वबारे जानकारी गरायौ।’

केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ। दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए। उनले भने, ‘अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो। विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->