पोखरा / पोखरामा मंगलबार दुई ठाउँमा आयोजना गरिएको खुल्ला रक्तदानमा २१९ युनिट रगत संकलन भएको छ । पोखरास्थित लायन्स क्लबको आयोजनामा १३१ यूनिट र नेपाल रेडक्रस सोसाईटी पोखरा-१७, उपशाखा र डेभिजफल युवा क्लवद्धारा संयुक्त रुपमा छोरेपाटनमा गरिएको आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको हो ।
बढ्दो डेङगु रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा रगतको अभाव भएको थियो । रगत अभाव भएको समाचार सार्वजानिक भएपछि नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको आव्हानमा आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै कास्की जिल्लामा बार्षिक ४० हजार भन्दा बढी युनिट रगतको आवश्यकता रहेको बताए । पौडेलले रेडक्रसले पोखरा-८, श्रृजनाचोकमा ६ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी रगत प्रशोधन र सुरक्षाका लागि आवश्यक प्रविधि समेतको व्यवस्था गरेको बताउँदै पुण्यकार्यका लागि सवैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
पोखरा-१७ का वडा अध्यक्ष राधिका शाही योगीले पछिल्लो समय रक्तदानको महत्व बढ्दा नयाँ रक्तदातामा समेत उत्साह थपिएको बताउँदै विपदका समयमा मानविय सेवामा जुट्न आग्रह गरिन् ।
नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति एवम् विपद् व्यवस्थापन समितिका सयोजक उर्मिला खड्काले रक्तदान जिवनदान, जिवनदान महादान भन्ने रेडक्रसको मुल नाराको महत्व माथि प्रकाश पार्दै लायन्स क्लबले महेन्द्रपूलमा आयोजना गरेको आकम्मिक रक्तदानमा १३१ युनिट रगत संकलन भएको जानकारी दिईन् ।
रगतको अभावमा अस्पतालको वेडमा छटपटाई रहेका विरामीको पुर्नरजिवनको लागि एक दिन अगाडि मात्र तय गरिएको कार्यक्रममा सवै क्षेत्रको सहयोग र रक्तदाताको सहभागिताले उत्साहित तुल्याएको पोखरा-१७ उपशाखा सभापति हरिप्रसाद श्रेष्ठले बताए । रक्तदान कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवाली लगायतको टिमले प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा पोखरा १७ का जनप्रतिनिधि, पूर्व वडाअध्यक्ष तिर्थराज अधिकारी, पत्रकार हरि बास्तोला, रेडक्रस सोसाईटी र युवा क्लवका पदाधिकारी तथा सदस्यहरु, प्रहरी चौकी छोरेपाटनका प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर थापा, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला लगायतले रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्दै सम्मान गरे ।





