बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रदेशवासीलाई स्वस्थ राख्ने बाटो तय गरेका छौ: मन्त्री पाठक

प्रदेशवासीलाई स्वस्थ राख्ने बाटो तय गरेका छौ: मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८१, आइतबार

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशवासीलाई स्वस्थ राख्ने बाटो तय गरेर मन्त्रालयका योजनाहरु अगाडि बढाएको बताएका छन् ।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल ९अफिन० को छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनको शनिवार उद्घाटन गर्दै मन्त्री पाठकले योजना अनुसार नै गण्डकीवासीको जीवनलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए ।
प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न तीन चरणका योजना बनाएर काम थालेको बताउँदै मन्त्री पाठकले भने, ‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु ।’
गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
निजी स्वास्थ्य संस्थाका समस्यालाई हल गर्ने जिम्मेवारी पनि आफूले लिने उनले बताए । स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन अनुगमम र दायित्ववोध गराउने जिम्मेवारी पनि आफ्नो नै भएको उनले बताए ।
कार्यक्रममा अफिनले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान गरेको छ । चार दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरेको उसले बतायो ।
चिकित्सकतर्फ डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधानलाई सम्मान गरेको हो ।
उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र संस्थाका अध्यक्ष डाक्टर गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गरेका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरिरहेको बताउँदै बेला बेलामा अनुगमन हुनुपर्ने बताए ।
उनले निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्न महानगर पनि तयार रहेको बताए । अफिन गण्डकीका अध्यक्ष डाक्टर गिरधारी शर्माले गण्डकीमा निजी स्वास्थ्य संस्थामा करिब १ सय ५० अर्ब लगानी भएको बताए । शर्माले विगत २ वर्षमा संस्थाले गरेका गतिविधि प्रस्तुत गरेका थिए ।
शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाको बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->