
काठमाडौं / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्र मानव जीवनको अभिन्न अंग भएकोले यस क्षेत्रका सुधारको लागि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरीरहको बताएका छन् ।
नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पाठकले प्रदेशमा आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजना निर्माण गरी कार्य सञ्चालन गरीरहेको बताए ।
विमा र निःशुल्क औषधीमा केही समस्या छ, यो केन्द्र सरकारसंग समबन्धित भएकोले प्रधानमन्त्रीसंग नै कुरा राखेको छु, मन्त्री पाठकले भने, प्रदेश सरकारले काम गर्न सक्दैन् भन्नेलाई हामीले काम गरेर देखाउने छौं ।

तस्वीर: तुफान गौतम/ढोरपाटन
उनले गण्डकी प्रदेश आर्युवेद अस्पताल र धौलागिरी आर्युवेद अस्पतालमा १५ शैयाको अन्तरंग सेवा प्रदान गर्ने गरी निर्णय भइसकेको जानकारी दिदै मन्त्री पाठकले भने, नागरीकले अनुभुत गर्ने गरी काम हुँदैछ, केही समयपछि नै त्यसको परिणाम देखिनेछ ।
सम्पर्क मञ्चले प्रदान गरेको सम्मान ग्रहण गर्दै मन्त्री पाठकले सम्पर्क मञ्च पेशा व्यवसायका लागि राजधानीमा रहेका जिल्लावासीको लागि पार्टी कामको केन्द्रविन्दु भएको वताउदै यसले खेल्ने भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य सुर्य पाठकले पार्टी निर्माणसंगै जनतासंग जोडिएर काम गर्नुपर्ने र विरोधीहरुले लगाएको आरोपको खण्डन गर्दै मिसन ०८४ लाई सफल पार्न जुट्नु पर्ने बताए ।

तस्वीर: तुफान गौतम/ढोरपाटन
सम्पर्क समन्व कमिटीका सचिव आरसी लामिछानेले दिपावलीको अवसरमा सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रमले आर्थिक जोहो गर्न सफल हुने वताउदै त्यसलाई पार्टी निर्माणमा खर्च गर्न सुझाए ।
मञ्चका अध्यक्ष ओम वहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाल सहसचिव सचिता गौतमले गरेकी थिईन् । विद्यार्थी नेता किस्मत पौडेलले मन्त्री पाठक र केन्द्रिय सदस्य तथा पूर्व सांसद पाठकलाई जिल्लाको पश्चिमभेगका समस्या र जनआवाजलाई राखेका थिए ।
सो अवसरमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको थियो । देउसी भैलोबाट संकलन भएको रकम सम्पर्क मञ्चको पार्टी काममा खर्च गरिने अध्यक्ष केसीले बताए । कार्यक्रममा कलाकारहरुले गीत, नृत्य र देउसीभैलो कार्यक्रम प्रस्तुत गरेका थिए ।





