बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

तनहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८१, शुक्रबार

दमौली / तनहुँमा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। भानु नगरपालिका–८ गैरीफाँटका ४२ वर्षीय ओमनारायण श्रेष्ठले ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।

बञ्चरो प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए। हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->