पोखरा/ निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी अध्यक्षमा पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालंका कपिल पोखरेल निर्वाचित भएका छन् । अफिन गण्डकीको यही कात्तिक १० मा सम्पन्न अधिवेशनले हालैमात्र पूर्णता पाएको हो ।
२ वर्ष कार्यकाल रहने समितिको उपाध्यक्षमा फेवासिटी हस्पिटलकी डा. चण्डिका पण्डित, सचिवमा कास्की मोडेल हस्पिटलका सूर्यप्रसाद पोख्रेल र कोषाध्यक्षमा नेसनल एपोलो अस्पतालका चुडामणि दाहाल चयन भए । यसैगरी सदस्यहरुमा मेट्रो सिटी हस्पिटलका डा. चन्द्रबहादुर मिश्र, पार्कल्यान्ड हस्पिटलका महेन्द्र केसी, पोखरा ॐ हस्पिटलका जगन्नाथ गौतम, रिजनल हस्पिटलका सबिन अधिकारी, आविष्कार हस्पिटलका डा. सन्जय कोइराला रहेका छन । आमन्त्रित सदस्यमा डा. केशव शर्मा, डा. अमृत केसी, कल्पना पौडेल घिमिरे, रामचन्द्र सिग्देल चयन भएका छन् ।





