बागलुङ/बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पीकअप भ्यान वडा नं. ७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग२च ९२४७ पीकपअ भ्यान सडकदेखी एक सयमिटर भन्दा धेरै तल खसेको प्रहरी निरीक्षक केशव थापाले बताए ।
घटनामा मृतकको पहिचान खुलिसकेको छैन् । दुर्घटना आज बिहान भएको हो । पीकअपमा सवार एक जनाको भने जिवीतै उद्धार गरिएको छ । घटनाको बिषयमा थप बिबरण आउन बाँकी छ ।





