बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मर्दीखोला प्रतिष्ठानद्वारा ८ लाख बढीको शैक्षिक सामग्री वितरण

मर्दीखोला प्रतिष्ठानद्वारा ८ लाख बढीको शैक्षिक सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार

पोखरा/मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ ।
प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा नौवटा विद्यालयलाई ८ लाख ५० हजार बराबरकोकम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तकलगायतको शैक्षिक सामग्री वितरण गरेको हो । तीमध्ये निष्पक्ष मावि हुम्दी र उदय मावि धम्पुसलाई विज्ञान सामग्री, प्रगतिशिल मावि सल्यान, सृजना सामुदायिक मावि सिमपाली र शुक्लागण्डकी मावि भलावटलाई कम्प्युटर प्रदान गरिएको मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।
त्यस्तै विन्देश्वरी मावि पोखरा, भूमेश्वर मावि धिताल र धारापानी मावि अन्नपूर्णलाई पुस्तकालयका लागि पुस्तक वितरण गरियो भने सल्यानको प्रगतिशील माविलाई प्रिन्टर हस्तान्तरण गरिएको सचिव गिरीले बताए ।
कार्यक्रमको गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए ।कार्यक्रममा प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले वार्षिक प्रतिवेदन पढेर सुनाएका थिएभने प्रतिष्ठानका पूर्व सचिव गोपाल गिरीले स्वागत र कोषाध्यक्ष अनील लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, निष्पक्ष मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरी, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का अध्यक्ष नारायणप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य सुरु शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । पछिल्लो ४ वर्षमा कास्कीको शिक्षा क्षेत्रमा मात्रै २५ लाखभन्दा बढी सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->