दमौली / तनहुँको बन्दिपुर गाउँपालिका-५ नयाँ पुल गोरे चौतरामा दुईवटा वस एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । तनहुँ प्रहरीका प्रवक्ता डिएसपी अशोक थापाका अनुसार पोखराबाट नेपालगंज जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस र काठमाडाैबाट पोखरा जाँदै गरेकाे बि ए ए ००७० नम्बरको बस आइतबार अपरान्ह जुध्न पुगेका थिए ।
दुर्घटनामा काठमाडाैबाट पोखरा जाँदै गरेकाे बसका चालककाे मृत्यु भएकाे छ । दुर्घटनामा २९ यात्रु घाइते भएका छन् । उनीहरुमध्ये ४ जनाकाे अवस्था गम्भिर छ । एक जना घाईतेलाई चितवन लगिएको छ । अन्य घाइतेको उपचार भने डुम्रेस्थित लक्ष्मी र मोती अस्पतालमा भइरहेको डिएसपी थापाले बताए । घटनाबारे बिस्तृत विवरण आउन भने बाँकी छ ।






