मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङको नारायणस्थान बालमैत्री वडा घोषणा

बागलुङको नारायणस्थान बालमैत्री वडा घोषणा


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८१, बुधबार

बागलुङ/आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडा स्तरमा घोषणाको काम थालेको छ । बुधबार नगरका १४ वटा वडामध्ये पहिलो बालमैत्री वडाको रुपमा वडा नं. १४ नारायणस्थानलाई घोषणा गरिएको छ ।
गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले वडा घोषणा कार्यक्रमको उद्घाटन गरे । उनले बालमैत्री नगर अभियानको पहिलो वडाको रुपमा घोषणा हुँदा नगरकै पहिचान बढेको बताए । साथै उनले नगरपालिकाको बालमैत्री अभियानले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि सकारात्मक सन्देश गएको समेत बताए ।
कार्यक्रममा कार्यवहाक नगरप्रमुख राजु खड्काले बालमैत्री नगर अभियान नगरकै गौरवको आयोजना भएकोले यो अभियान पुरा गर्ने सबैको दायित्व भएको बताए । उनले बालमैत्री नगर अभियानले शिक्षा, स्वास्थ्य र सामाजिक जागरणको लक्ष्य पुरा भएको बताए । आगामी पुस मसान्तभित्र सबै वडा घोषणा गरिसकेर नगरस्तरीय कार्यक्रम गर्ने उनको भनाइ थियो ।
जिल्ला समन्वय समितिको टोलीले वडामा पुगेर सबै सूचकबारे अध्ययन प्रतिवेदन तयार पारेपछि मात्र यो घोषणा संभव भएको बालमैत्री सहजकर्ता पूजादेवी आचार्यले बताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले शिक्षा र स्वास्थयको सुधार जस्तो अन्य पूर्वाधारको विकास तत्काल नदेखिने भएपनि यसले नगरको गुणात्मक फड्को मारेको बताए ।
वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, वडा सचिव विष्णु रिजालको संचालन र वडा सदस्य चन्द्रा बिक सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, जिल्ला समन्वय समितिकी सदस्य जशोदा शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उक्त अबसरमा प्रमुख अतिथि सुवेदीले बालमैत्री घोषणाको प्रतिवद्दता र खड्काले घोषणाको औचित्यबारे प्रष्ट पारेका थिए । वडा अध्यक्ष खत्रीले गत वर्ष मंसिर १७ देखि शुरु भएको अभियानले पूर्णता पाएको भन्दै वर्षभरीको प्रगती प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । एक वर्षभरी वडाको सबै टोल, विद्यालय र समुदायमा पुगेर बालमैत्री अभियानको औचित्यबारे प्रष्ट्याइएको वडा सदस्य पूजादेवी आचार्यले बताइन् । त्यस बाहेक वडा वडामा बाल क्लब गठन, प्रशिक्षण र पूर्वाधार निर्माणमा समेत बालमैत्री संरचना निर्माण गर्न सुझाव दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->