आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दुई कोरियाबीच ‘लाउडस्पीकर युद्ध’, कर्कश ध्वनिले मानिसहरू बिरामी पर्न थाले

दुई कोरियाबीच ‘लाउडस्पीकर युद्ध’, कर्कश ध्वनिले मानिसहरू बिरामी पर्न थाले


  • बीबीसी
  • मंसिर ७ २०८१, शुक्रबार

काठमाडौं/केही महिनादेखि उत्तर र दक्षिण कोरियाबीच सैन्य तनाव चुलिन थालेपछि दुई देशका सीमावर्ती क्षेत्रमा अनौठो खालको द्वन्द्व देखा परेको छ । सीमावारि र पारि बस्ने मानिसहरू दुई देशका सेनाले गर्ने ’लाउडस्पीकर युद्ध’का कारण पीडित भएका छन् । उनीहरूले चौबिसै घण्टा निस्किने चर्को कर्कश आवाजबाट आफू निदाउन नसकेको र बिरामी पर्न थालेको बताएका छन् ।
दक्षिण कोरियाली भूभागबाट बलूनमा राखेर किम जङ अनको विरोध गर्दै छापिएका पर्चासहितका सामग्री उत्तरपट्टि पठाइएपछि तथा दक्षिणका सेनाले सीमापारि बस्ने मानिसले सुन्ने गरी चर्को आवाजमा लाउडस्पीकरबाट विभिन्न सन्देशहरू बजाउन थालेपछि उत्तर कोरियाले त्यही शैलीमा जबाफ दिन थालेको हो ।
यसअघिभन्दा भिन्न उत्तर कोरियाले पहिलो पटक लाउडस्पीकरबाट एकोहोरो कर्कश आवाज बजाउन थालेको छ । बीबीसी कोरियनले सीमावर्ती भेगमा अवस्थित असैनिकीकृत क्षेत्र (डीएमजेड) का मानिसहरूसँग त्यस्तो आवाजले उनीहरूको दैनिक जीवन कसरी प्रभावित भएको छ भनेर कुरा गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->