पोखरा/पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा ३८ औं वर्षगाँठको अवसरमा चित्रकला प्रर्दशनी गरेको छ ।
विद्यालयले मंसिर २९ गते ३८ वर्षमा प्रवेश गर्न लागेको खुसियालीमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा कास्कीका २९ विद्यालयका ५८ जना विद्यार्थी सहभागि भए । उनीहरुमा कक्षा ६ देखि ८ सम्म र कक्षा ९ देखि १२ कक्षाका विद्यार्थी थिए ।
विद्यालयले हरेक वर्ष आर्ट कम्पिटिसन गर्दै आएको छ । यसमा निजी, सामुदायिक तथा सरकारी विद्यालयहरु सहभागि हुँदै आएका छन् । उनीहरुले आफुलाई मन लागेको विषयमा चित्र बनाएका विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए ।
चित्रकलाका सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको थियो । उनीहरुको नतिजा भने २९ मंसिर २९ गते आयोजना हुने प्यारेन्ट्स ‘डे’ को अवसरमा प्रकाशनसहित पुरस्कार वितरण गरिने विद्यालयका भाईस प्रिन्सिपल मुकेश कुमार अधिकारीले बताए । उनीहरुमा पहिलो हुनेले रुपैयाँ ७ हजार, दितिय हुने ५ हजार तथा तृतिय हुनेले २ हजार र मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगिताले विद्यालय र विद्यार्थीहरुबीच मैत्रीपूर्ण भावना जागृत गराउनु, सामाजिक उत्तरदायित्व र परिचित हुने कार्य भएको पालिखेले बताए ।





