बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आलु रोप्न गएका किसानको गैडाको आक्रमणबाट मृत्यु

आलु रोप्न गएका किसानको गैडाको आक्रमणबाट मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८१, शनिबार

पोखरा / नवलपुरमा गैँडाको आक्रमणबाट आलुवारीमा काम गरिरहेका एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११.४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-६ भडारामा गैँडाको आक्रमणबाट ६५ वर्षीय नाथुराम थारूको मृत्यु भएको हो।

घरनजिकैको बारीमा आलु लगाउन गएका थारूमाथि अचानक गैँडाको आक्रमण गरेको थियो। आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता डिएसपी जेसी शाहले जानकारी दिए। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्लथ पुगेर अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->