बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चिकित्सकमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे

चिकित्सकमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८१, शनिबार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने बताएका छन् । ‘द सोसाईटी अफ सर्जनस् नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटी’को सहकार्यमा पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरूमाथि दुर्व्यवहारका घटना भएको दृष्टान्त पेस गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिए । मुख्यमन्त्री पाण्डेले चिकित्सकहरूलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गरे । चिकित्सकहरूमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

‘कहिलेकहीँ स्वास्थ्य क्षेत्रमा पनि अभद्र व्यवहार भइराखेका छन् । गत वर्ष पनि हाम्रो मणिपाल कलेजमा डाक्टरहरूमाथि गरिएको जुन दुर्व्यवहार थियो । त्यसलाई हामीले निक्र्यौलमा पुर्‍याउन सक्यौँ । त्यो खुसीको कुरा पनि हो । मेडिकल एसोसिएसनले त्यसमा विशेष पहल पनि गरेको थियो । चिकित्सकको त के कुरा भगवानले पनि सबैलाई बचाउन सक्दैनन् । भगवानले बचाउने भए बिहानदेखि बेलुकासम्म भगवानका भक्तहरूले मर्नुपर्ने थिएन होला नि !, उनले भने, ‘यस्ता किसिमका अभद्र व्यवहार जुन भइरहेका छन्, त्यसलाई हाम्रो सरकारले कुनैपनि हालतमा सहँदैन र सबै डाक्टरहरूलाई आफ्नो पेसामा इमान्दारितापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु ।’

गण्डकी सरकार स्वास्थ्य क्षेत्रमा रहेका जनशक्तिको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए । गण्डकी प्रदेस सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पुर्‍याउनका लागि सक्दो पहल गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->