पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ८ वडा बाल मञ्चको आयोजनामा भएको सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक बिषयमा वादविवाद प्रतियोगितामा जनप्रिय माविका कन्चन बिक प्रथम भएकी छन् । त्यसैगरी सृजना माबिकी सपना शर्मा द्वितीय, लक्ष्मी आवासीय माविकी सृष्टि आचार्य तृतिय र राम आधारभूत विद्यालयका मिसन मगर सान्त्वना भएका थिए ।
प्रतियोगिताको वडा अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गर्दै बालबालिकाको चौतर्फी बिकासमा वडा कार्यलय सधै सहकार्य गर्न तत्पर रहेको वताए । वडा सदस्य पबित्रा केसीले वडा नं. ८ दुई सार्वजनिक विद्यालय र १० वटा निजी विद्यालय रहेको बताउँदै सबैलाई सहभागी गराउन नसके पनि ६ विद्यालयका ११ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएको वताइन । उनले वडाका वालबालिकाको अतिरिक्त क्रियाकलाप सम्बन्धि कार्यक्रमहरु वडा स्तरिय बाल मञ्चलाई नै जिम्मा दिने बताइन् ।
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. नवराज न्यौपानेले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा सहभागि गराउँदा पढाईको साथै अन्य क्षेत्रमा पनि सक्षम हुने वताए । प्रतियोगिताको निर्णायकमा साहारा आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारी, अभिबक्ता सुस्मा पौडेल र पोखरा महानगरपालिका सामाजिक शाखाकी बेलकुमारी गुरुङ रहेका थिए । ‘बालबालिकाको क्षेत्र बिकासमा सदैव लागि परौं, वडा नं. ८ लाई बालमैत्री घोषणा गर्न प्रतिबद्ध बनौं’ भन्ने मुल नाराका साथ भएको प्रतियोगितामा न्यु मोडल माबिका सृष्टि बराल, जनप्रिय माविकी कन्चन विक, सृजना माविका सपना शर्मा र अपेक्षा अधिकारी, राम आविका सन्ध्या चौधरी, मिसन मगर र पलसरी बुढा, लक्ष्मी आवासीय माविका सृष्टि आचार्य र प्रकृति ठकुरी, पोखरा एकेडेमीका आयुषा रानाभाट र शिखा पुन सहभागि भएका थिए । कार्यक्रम बालमञ्चका अध्यक्ष सुसान न्यौपानेको अध्यक्षता, सचिव समिप सापकोटाको संचालन र स्वागत उपाध्यक्ष कृष्मा गिरिले गरेकी थिइन ।





