बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तालचोक-बेगनास बाटोः गति सुस्त, विश्व बैंकको टोलीबाट अनुगमन

तालचोक-बेगनास बाटोः गति सुस्त, विश्व बैंकको टोलीबाट अनुगमन


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

पोखरा / तालचोक-बेगनास सडकखण्ड विस्तारको काममा भइरहेको छ । विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित टोलीले स्थलगत अवलोकन गरेको हो ।

टोलीले तालचोक-बेगनास सडक खण्ड, कालिकास्थान-पुँडीटार-लामेआहाल सडक र शिशुवा सिसाघाट सडकको समेत अवलोकन गरेको छ । टोलीले तालचोकको बेगनासको सडकका सम्बन्धमा तोकिएको समयमा नै काम सक्ने गरी कामको गति बढाउन ताकेता गरेको छ भने, अन्य दुईवटा सडकको पछिल्लो प्रगति निकै राम्रो रहेको बताएको छ ।

३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्रयाक र डिभाइडरसहित चार लेनमा स्तरोन्नति हुँदैछ । १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुनेछ ।

उता, कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको भने सेक्सन एक र दुई गरी दुई टा खण्डमा काम भइरहेको छ । करिब १२.४४ किमी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २=२ मिटरको फुट ट्रयाक हुनेछ । विश्व बैंकको ३ अरब आर्थिक सहायतामा यो सहित तालचोक बेगनास सडक र शिशुवा–शिशाघाट सडक स्तरोन्नति गर्न लागिएको हो ।

यी सडकहरू निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई आवागमनमा सहजता प्रदान हुनुका साथै कृषिजन्य उत्पादनहरूको बजारीकरणमासमेत उल्लेखनीय योगदान गर्नेछ । नगर प्रमुख धनराज आचार्यले निर्माण कम्पनीहरूलाई तोकिएको समयभित्र नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->