मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा

गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार

बागलुङ/ गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धि खोजपड्तालका लागि गण्डकी प्रदेशमानै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो ।

गलकोट नगरपालिका–११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा छातीरोग खोजपड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मेसिनको शुभारम्भ गरे । अत्याधुनिक प्रबिधिसहितको मेसिनको प्रयोगद्धारा छातीरोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उनले बताए ।

क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले एक करोड ७५ लाख रुपैयाँ खर्चेर खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोजपड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगकको पहिचान गरिने मन्त्री पाठकले बताए । क्षयरोग लागयतका छातीसम्बन्धि रोगको समयमा उपचार नहुँदा नागरीकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रबिधि, जनक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->