आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘साग सकिएपछि अहिलेसम्म किन केही बनेन् ?’

‘साग सकिएपछि अहिलेसम्म किन केही बनेन् ?’

‘आइसिसीले वेसिक इन्फाइस्टक्चर पुरा गरेमा समेत विश्वकप गराउन सकिन्छ भनेको छ तर, अहिले त्यहाँ एउटा चौर बाहेक केही छैन त्यो चौर मात्रै हो । हामीले त्यहाँ साग पनि ग¥यौ तर त्यो चौर हो त्यहाँ विश्वकप गर्न सकिन्न । समय छ पुर्वाधार बनाऔं ।’


  • विजय नेपाली
  • मंसिर १२ २०८१, बुधबार

पोखरा/पोखरा मिसन २०२७ को तयारीमा छ । हालसम्मकै ठूलो खेलकुदको इभेन्टका लागि नेपाल क्रीकेट संघ (क्यान), प्रादेशिक क्रीकेट संघ, कास्की जिल्ला क्रीकेट संघले संघर्ष गरिरहेको छ । मिसन २०२७ अर्थात यु–१९ महिला विश्वकप क्रीकेट । बंगलादेश र नेपालले संयुक्त रुपमा सन् २०२७ मा यु १९ महिला विश्वकपको आयोजना गर्दैछ । गण्डकीको क्रीकेट संघको पहलमा क्यानले क्रीकेटको विकासका लागि राजधानी बाहिर विश्वकप गराउने योजना बनाउँदा पहिलो रोजाइमा पोखरा छ । क्यानले अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल (आइसिसी) मा समेत पोखराको चर्चा गर्दै आइरहेको छ यसको श्रेय प्रादेशिक क्रीकेट संघलाई जान्छ । विश्वकपका लागि आइसिसीका प्रतिनिधि सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजन डेभलपमेन्ट अफिसर मोहम्मद अमिनुअल इस्लामसहित क्यान अध्यक्ष चतुरबहादुर चन्दको टोली पोखरामा छ । मंगलबार आएका उनीहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग क्रीकेट मैदानमै छलफल चलाए । छलफल पश्चात मैदानको निरिक्षण गर्दा आइसिसी प्रतिनिधि अचम्ममा परे । कारण हो पोखराको क्रीकेट मैदानको विकास नहुनु । ति प्रतिनिधिले क्युरेटर प्रदिप रावतलाई भने, ‘१३ औं साग त भव्य रुपमा सफल भएको थियो । महिलाको खेल यहि भएको होइन र ? अनि पाँच वर्षसम्म पनि यस्तै केही बनेन’ त्यसपछि थप कुराहरु सोध्न थाले । २०७६ मंसिरमा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आयोजना भएको थियो । काठमाडौं र पोखरामा आयोजना भएको सागअन्तरगत पोखरामा महिला क्रीकेटसँगै अन्य खेलको समेत भए । साउथ एसिया स्तरको खेल भएको मैदान पक्कै राम्रो हुने आशा लिएर आएका उनीहरु केहि समय अन्योलमा परेझै भए त्यसपछि पिच, आउटफिल्ड सबै हेर्दै केही बेर क्युरेटर प्रदिपसँगै गफिए । उनीहरुले प्रदिपलाई क्युरेटर भएपछि त दबाब पनि छ है भन्दै फिल्डको बारेमा जानकारी लिए । प्रदिपले पनि उनीहरुलाई जवाफ दिदैँ गए । सोही दिन उनीहरुले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा सँग समेत भेटघाट गरे । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफुहरुले पोखरामा विश्वकप ल्याउने तयारी गरेको र अब प्रदेश सरकार र स्थानीय पालिकाले सहयोग गरेमात्रै सम्भव भएको बताए । उनले हाल पोखरा क्रीकेट मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हेर्दा एउटा चौरमा रुपमा मात्रै रहेको बताए । ‘हामीसँग भेन्यु छ कसैले सहयोग गरेपनि नगरेपनि टियु मैदानलाई वल्र्डकपको भेन्यु बनाउन सक्छौं किनकी क्यानको त्यो क्षमता छ । त्यहाँ ठुलो लगानी छ र लगानी गर्ने आधार पनि छ । त्यो नभए मुलपानीको मैदान पनि छ विश्वकपका लागि हामी तयार गर्न सक्छौं’ उनले भने, ‘तर नेपालको क्रीकेट काठमाडौं मात्रै होइन । काठमाडौं क्रीकेटको हेडक्वाटर हो तर, क्रीकेट देशभर फैलनुपर्छ त्यही भएर ठुला इभेन्ट पनि बाहिर ल्याउने प्रयास गरेका हौं ।’ ठुला इभेन्ट गर्दा क्रीकेटको क्रेजसँगै आर्थिक विकास हुने कुरा नेता तथा जनप्रतिनिधिहरुलाई बुझाउन अत्यावश्यक रहेको सुनाए । साथै गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाबाट विश्वकपका लागि आवश्यक मापदण्ड पुरा गर्ने बाचा पाएको सुनाउँदै बाचामा मात्रै सिमित नगरि कार्यान्वयन गर्न समेत अनुरोध गरे । विश्वकप भएपछि पोखरा सबैभन्दा राम्रो भेन्यु हुने र विश्वभर चर्चा हुनेछ । क्यानले देशमा कम्तिमा पनि दुई वटा अन्तर्राष्ट्रिय मैदान भए आइसिसीबाट धेरै इभेन्टहरु प्राप्त गर्न सकिने सोच राखेको छ । क्यानले पोखरामा गर्छौ गर्छौ भनेपछि त्यहि बुझ्नका लागि पोखरा आएको सुनाउँदै चन्दले प्रदेश सरकार र महानगरपालिकाले चाहे पोखरामा विश्वकप सम्भव भएको सुनाए । उनका अनुसार आइसिसीले अन्तर्राष्ट्रिय मापदण्डको सामान्य पुर्वाधार पुरा गरेमा समेत पोखरामा विश्वकपका केही खेल आयोजना गर्न सकिने बताएको छ । अहिले सामान्य पुर्वाधार नभएको र एक चौरमात्रै रहेको उनको भनाइ छ । ‘आइसिसीले वेसिक इन्फाइस्टक्चर पुरा गरेमा समेत विश्वकप गराउन सकिन्छ भनेको छ तर, अहिले त्यहाँ एउटा चौर बाहेक केही छैन त्यो चौर मात्रै हो’ उनले थपे, ‘हामीले त्यहाँ साग पनि ग¥यौ तर त्यो चौर हो त्यहाँ विश्वकप गर्न सकिन्न । त्यसैले हामीसँग समय छ वेसिक पुर्वाधार बनाऔं ।’ बढीमा २० महिनाको समय रहेको र क्यानलाई जिम्मेवार रहेपनि पोखराको सवालमा प्रदेश सरकार र महानगर नै जिम्मेवार रहनेछ । आइसिसीले पुर्वाधारका लागि लगानी गर्दैन । आइसिसीले जुन राष्ट्रमा राज्यले क्रीकेटमा लगानी गर्दैन त्यो ठाउँको क्रीकेटको विकास हुदैन भन्ने मान्यता राख्दछ । जहाँ पुर्वाधार हुन्छ त्यहाँ आइसिसीको ठुला इभेन्टहरु दिने गर्दछ । यदि पोखरामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले आइसिसीको मापदण्ड अनुसार पुर्वाधार बनाउन सकेमा आगामी दिनमा यु–१९ को मात्र नभइ सिनियर विश्वकपको समेत आयोजना गर्ने अवसर दिन सक्छ त्यसका लागि राज्यको क्रीकेटप्रति लगानी हुन आवश्यक छ । प्रदेश सरकार र महानगरले गर्छु भनेको तर नेपालको सिस्टमले कति दिन्छ भन्ने अर्को समस्याको कुरा रहेको उनले सुनाए । पोखरा आउनुको मुख्य एजेण्डा विश्वकप नै रहेपनि नेपाल आउनुको कारण क्रीकेटको विकासका अन्य एजेण्डा रहेको छ । आइसिसीको मापदण्ड अनुसार खेल मैदानमात्रै होइन मैदान भएको ठाउँमा पाँच सय रुम क्षमताको पाँच तारे होटलको समेत आवश्यकता पर्दछ । तर, उनीहरुले पोखरामा १२५ रुम क्षमता मात्रै रहेको थाहा पाएको चन्दको भनाइ छ । आइसिसीका सिनियर म्यानेजर राहित पोडारले मैदान समथर नभएको तर, त्यसलाई समथर बनाउन सकिने बताए । उनले खेलकुद मन्त्री र मयेर यसबारेमा सकरात्मक देखिएको राज्यले पुर्वाधारमा सहयोग गरेमा विश्वकप पोखराले समेत पाउने सुनाए । ‘मलाई आशा छ यहाँको सरकारले विश्व स्तरको सेवा दिने पुर्वाधार निर्माण गर्छ र विश्वकपका खेल गराउन सक्षम हुनेछ । आइसिसीले पुर्वाधार भएमा अन्य आवश्यक सहयोग गर्नेछ’ उनले भने, ‘पछिल्लो पाँच वर्ष क्यानले निकै राम्रो गरिरहेको छ । अहिले विश्वकपका लागि समेत निकै मिहेनत गरिरहेको छ ।’ एसिया रिजन डेभलपमेन्ट अफिसर मोहम्मद अमिनुअल इस्लामले आइसिसीको मापदण्ड अनुसार विशेषगरी ३ कुरामा पोखराले ध्यान दिनुपर्नेछ । यदि एसिसी र आईसिसीको इभेन्ट गर्ने हो भने गण्डकी प्रदेशले कम्तिमा पनि दुई वटा विश्वस्तरको पुर्वाधार खडा गर्नुपर्नेछ । साथै टिम तयारीसंगै प्रदर्शनी र सेवा सुविधामा ध्यान दिन जरुरी छ । ‘हिजो मात्रै हामीले यहाँका मन्त्री र मेयरलाई भेट्यौ, क्यानका अध्यक्षले पोखराको मैदान निकै गुणस्तरीय छ भनेको भन्यै गर्नुभएको छ । उहाँ पोखरा क्रीकेट मैदानको ठुलो समर्थक हुनुहुन्छ त्यही भएर पनि हामी यहाँ आयौं ।
उनले इभेन्ट गर्नका लागि मात्रै नभई जित्नका लागि समेत गर्नु पर्ने सुनाए । इभेन्ट जितेमा माथिल्लो स्तरमा पुगिनेछ र आइसिसीले सोही अनुसार इभेन्ट दिनेछ । अर्को भनेको विश्वस्तरको विकेट, विश्वस्तरको आउटफिल्ड, फेसिलिटिज, डे«सिङ्ग रुम, व्रोडकास्ट, मिडिया सपोर्ट र एकोमेडेसन हो । जुन आइसिसीले सेट गरेको छ । त्यो कार्यान्वयन गर्नै पर्ने प्रावधान रहेको छ अन्यथा त्यो राष्ट्रले मान्यता पाउने छैन । तेस्रो भनेको यु १९ विश्वकप गर्न सकेमा पुरुषको यु १९ गर्न पाउने र भविष्यमा सिनियर टोलीकै विश्वकप गर्न आइसिसीले दिनेछ । जसका लागि पोखरामा दुई भेन्युको आवश्कता पर्दछ । ‘यदि पोखरा वा आसपासमा गरि दुई वटा भेन्यु भयो भने आइसिसी र एसिसीको लेगुरल इभेन्ट पाउनेछ । यदि तीन वटा भेन्यु भयो भने ठुला इभेन्टहरु पाउनेछ । यो सुरुवात हो ती वटा पुर्वाधारको लक्ष्य लिएर अघि बढ्नुस’ उनले थपे, ‘हामी भाग्मानी छौं सिनियर म्यानेजर नै आउनुभएको छ उहाँले पक्कैपनि नेपालको राम्रो रिपोर्टिङ्ग गर्नुहुनेछ ।’ उनले मुलपानीमा युएई र नेपाल बिचको सेमीफाइनल खेललाई स्मरण गर्दै त्यहाँ ३० जना ह्विलचियरमा आएर क्रीकेटको समर्थन गरेको र त्यो आफुले गनेको सुनाए । त्यसपछि आफुले आइसिसीमा अपांगता भएका व्यक्तिलाई समेत सहज हुनेगरि पुर्वाधार बनाउन आवश्यक रहेको रिपोर्ट गरेको सुनाए । उनले दर्शक क्षमतामात्रै क्रिकेटको स्ट्याण्डर्ड नभएको बताए ।
पोखरा पर्यटकीय राजधानी भएको हिसाबले समेत बढ्दो क्रीकेटको लोकप्रियतालाई ध्यान दिदैँ अन्तर्राष्ट्रिय मापदण्डको पुर्वाधार बनाएमा स्तरीय पर्यटकहरुको आगमन बढ्ने निश्चित छ । पुर्वाधारमा लगानी गर्दा यहाँको अर्थतन्त्रमा ठुलो प्रभाव पर्नेछ । उता पोखरा महानगरपालिकाका मेयर मेयर धनराज आचार्यले आइसिसीका प्रतिनिधिलाई पोखरामा २०२७ मा हुने विश्वकपका लागि केके पुर्वाधारको आवश्यकता पर्ने हो त्यो बारेमा जानकारी दिन अनुरोध गरे । मंगलबार पोखरा रंगशालामा भएको छलफलमा उनले नेपाल सहआयोजकको रुपमा रहने सो विश्वकपका लागि पोखराको पुर्वाधार तयार पार्ने र पोखरामा समेत खेलको आयोजना गर्न सहयोग गरिदिन आग्रह गरे । प्रदेश सरकार र पोखरा महानगरपालिकाले दुई वर्षभित्र पाँच करोड देखी दश करोड रुपैयाँ पोखरा क्रीकेट मैदानमा लगानी गरेमा २०२७ यु१९ विश्वकपको खेल पोखराले पाउनेछ । हाल क्रिकेट मैदानमा अस्थाइ डकआउट, निर्माणाधीन प्यारापिटसहितको भिआईपी कक्ष मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->