पोखरा/१३ औं संस्करणको पोखरा महोत्सव आगामी पुस २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको हो ।
जसअन्तर्गत महोत्सवको कार्य सम्पादन उपसमिति संयोजकमा राजु श्रेष्ठ, अतिथि व्यवस्थापन उप समिति संयोजकमा हिमालय बख्रेल, सचिवालय उपसमिति संयोजक सुकबहादुुर गुरुङ, अनुगमन उपसमिति संयोजकमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उपसमिति संयोजकमा गणेश तिमिल्सिना, प्रायोजक व्यवस्थापन उपसमिति संयोजकमा शान्तबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा सूर्यबहादुर बानियाँ, प्रचार प्रसार उपसमिति संयोजकमा दीनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजकमा जयराम आचार्य, ट्राफिक व्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा सीमा गुरुङ, झाँकी ¥याली तथा संघ संस्था उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, टिकट काउन्टर व्यवस्थापन उपसमिति संयोजकमा पूर्णकुमार श्रेष्ठ, स्वास्थ्य उपसमिति संयोजकमा नरहरि पनेरु, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा शिव थापालाई चयन गरिएको छ ।
खानेपानी व्यवस्थापन उपसमिति संयोजक पदमबहादुर कार्की (विजय), मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, विद्युतिय सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा बुद्ध कार्की, पृष्ठपोषण व्यवस्थापन उपसमिति संयोजकमा रिमबहादुर कार्की, खाना, खाजा व्यवस्थापन उपसमिति संयोजकमा गणेश खड्का, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन उपसमिति संयोजकमा सुरेश थापा, विद्यालय समन्वय व्यवस्थापन उपसमिति संयोजकमा रमेशबहादुर कार्की, बीमा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र बहादुर थापा, मुल्याङ्कन व्यवस्थापन उपसमिति संयोजकमा शुशिलराज पराजुली, पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द घिमिरे, पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण थापा मगर, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा चन्द्र थापा, विद्युतिय व्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, मिडिया कोअर्डिनेटरमा गिता राना र कार्यालय सचिवमा कुशुम गुरुङ रहेका छन ।
त्यसैगरी महोत्सवको सल्लाहकारहरुमा सेती थापा, सम्मरबहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, प्रेमछिरी शेर्पा, लिला बहादुर जि.सी., पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङ, पोखरा महानगरपालिका वडा नं १३ का अध्यक्ष किरण बराल, पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँ, पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधराज कार्की, पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेम कर्माचार्य, टिका बहादुर कार्की, रोजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दिपक थापा, मिन गुरुङ, सुनिल गुरुङ, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, दया बराल, यम बहादुर गुरुङ (गल), डम्बरजंग गुरुङ, शिवबहादुर बराल, दान बहादुर गुरुङ, तेजबहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्णबहादुर थापा, ओम सुवेदी, निलकण्ठ पोख्रेल, सन्जीव कोइराला, सु. इन्द्र बहादुर गुरुङलाई चयन गरिएको छ ।
त्यसैगरी वलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, राम नारायण श्रेष्ठ, चिन्तामणि बास्तोला, राम बहादुर पौडेल, गजबहादुर गुरुङ, गुप्त बहादुर कार्की, नुना गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, लालकाजी गुरुङ, डा. कृष्ण केसी., डा. प्रदीप घिमिरे, महेश गुरुङ, गोपाल गुरुङ(बाँझापाटन), अमर केसी, माधव गौतम, ओम बस्नेत, माधव घिमिरे, मोहन गुरुङ, रुद्र श्रेष्ठ, राजेश गुरुङ, सोमनाथ पौडेल, प्रेम प्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी र पोखरा महानगरपालिकाका ३३ वटै वडा अध्यक्षहलाई सल्लाहकारमा चयन गरिएको छ ।





