पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रले पोखरा महानगर पालिका वडा नं. १९ लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी मा.विका कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की महिला, बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक सरला ढकालले प्रशिक्षण कार्यक्रमको सहजिकरण गरेकी थिइन । उनले महिला, बालबालिकामाथि हुने लैंगिक हिंसा जवरजस्ती करणी, बालविबाह, बहुविबाह, जातिय छुवाछुत तथा घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिइन् । उनले हिसांको विरुद्ध खुलेर आवाज उठाउनु पर्ने बताइन् । ‘आफ्नो घर वरपर समाज तथा सार्वजनिक स्थानहरुमा कुनै किसिमका हिंसा भए भने नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यलय कास्कीमा खवर गनुहोस्’ उनले भनिन्, ‘हिसांका विरुद्धमा खवरदारी गर्न सकिएन भने झन हिंसा वढ्दै जान्छ, तर्सथ कुनै हिसांका विरुद्ध आवज उठाउने काम गरौ ।’
कार्यक्रममा बोल्दै इन्द्रराज्य लक्ष्मी मावि सहायक प्रध्यानाध्यापक बलबहादुर श्रेष्ठले लैंगिक हिंसाविरुद्धको कार्यक्रम विद्यार्थीको लागि अतिनै महत्वपूर्ण रहेको जानकारी गराए । कार्यक्रममा इन्द्रराज्य लक्ष्मी माविका १ सय ५ जना छात्रछात्रालाई प्रशिक्षण दिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक चित्रबहादुर थापाले जनाए । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत यस केन्द्रले हरेक दिन सचेतना मूलक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक प्रहरी सेवा वगरका इन्चार्ज प्रहरी हवल्दार गौतमकुमार हायूले बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णबहादुर तामाङले गरेका थिए ।





