आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बेनी सामुदायिक र न्यू वेष्ट पोइन्टबीच उपाधि भीडन्त आज

बेनी सामुदायिक र न्यू वेष्ट पोइन्टबीच उपाधि भीडन्त आज


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८१, शुक्रबार

म्याग्दी/लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिका लागि बेनी सामुदायिक मावि र न्यू वेष्ट पोइन्ट आवासीय माविबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार सम्पन्न भएको सेमिफाइनलमा बेनी आवासीय माविलाई ०–५ गोलले पराजित गर्दै बेनी सामुदायिक मावि फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी अर्को सेमीफाइनलमा धौलागिरी माविलाई ०–५ गोलले पराजित गदै बेनी सामुदायिकसँग उपाधि भिडन्त पक्का गरेको हो ।
फाइनलमा प्रवेश गरेको बेनी सामुदायिकले क्वाटरफाइनमा निकै प्रतिस्पर्धाका बिच माउण्ट एभरेष्ट आवासीय माविलाई पराजित गरेको थियो भने न्यु वेष्ट पोइन्टले बालमन्दिर मावि कालिपुललाई फराकिलो अन्तर ०–६ गोल गरेको थियो । फाइनलमा प्रवेश गरेका बेनी सामुदायिक र न्यु वेष्ट पोइन्टको खेल रोचक हुने निश्चित छ ।


प्रतियोगितामा पहिलो खेलमै उपाधिको दावेदार मानिएको प्रकाश माविलाई पन्छाउन सफल भएको वेष्ट पोइन्टका सुरुवातदेखि नै उत्कृष्ट लयमा देखिन्छन्, टिमवर्क राम्रो देखिएपनि खेलाडीहरूले एसिष्ट गर्ने भन्दा आफै गोल गर्न हतार गरेको देखिन्छ ।
त्यसैगरी बेनी सामुदायिकको खेलमा एट्याकिङमा निकै राम्रो देखिएको छ भने डिफेन्डर,मिडफिल्डर सहितको पोजिसन अहिलेसम्म राम्रो देखिन्छ । तर पनि हालसम्मका खेलमा जस्तै सुरुबाट एट्याकिङ खेल्दा जति गोल गर्ने सम्भावना हुन्छ, गोल खाने जोखिम पनि त्यति नै हुने भएकाले बेनी सामुदायिकले फाइनलमा आक्रमक रणनीतिमा विपक्षीको पोजिसन अनुसार हेरफेर गर्न सक्नुपर्छ । सम्रगमा फाइनलमा प्रवेश गरेका दुबै विद्यालयको खेल उत्कृष्ट लयमा देखिन्छ ।
बुधबारदेखि सुरू भएको प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिने क्लबका कोषाध्यक्ष भिमनाथ शर्माले बताए ।
प्रतियोगिताले विद्यालयस्तरमा रहेका छात्राको फुटबल प्रतिभाको पहिचान तथा आगामी दिनमा हुने प्रदेशस्तरीय खेलमा समेत सहभागिताका लागि आवश्यक तालिम सहितका योजना बनाउन सहज भएको आयोजक लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठको भनाइ छ । प्रतियोगिताको फाइनल शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->