आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फागुनदेखी चैतसम्म दशौं, माघमा राष्ट्रपति गर्ने तयारी

फागुनदेखी चैतसम्म दशौं, माघमा राष्ट्रपति गर्ने तयारी


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८१, शनिबार

पोखरा/नेपाली खेलकुदको कुम्भ मेला राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा राखेपको बोर्ड बैठकमा कोरम नपुग्दा मिति सारिएको छ । सात प्रदेश तीन विभागीय टोलीको दबाबको कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार बोर्ड बैठक डाकेको थियो । ३७ जना रहेको समितिमा कोरम नपुगेपछि सात प्रदेशका प्रदेश खेलकुद परिषद (प्रखेप) का सदस्य सचिव, तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबका प्रतिनिधिको मात्र सहभागिता रहँदा कोरम नपुगेपछि मिति सारिएको हो । बोर्ड बैठक बस्न नसके पनि प्रारम्भिक छलफल भने भएको छ । राखेपले आगामी फागुनदेखि चैतभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गराउने तयारी थालेको छ । त्यसका लागि बोर्ड बैठकबाट निर्णय गर्नुपर्ने भएकाले २१ गते अर्थात आगामी शुक्रबारका लागि मिति सारिएको छ । प्रखेप गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बोर्ड बैठक हुन नसके पनि राखेप सदस्य सचिवसहित तीन विभागीय क्लब र सात प्रदेशका सदस्य सचिवबीचमा छलफल भएको जानकारी दिए ।
‘कोरम नपुगेकै कारण बोर्ड बैठक स्थगित भयो । बोर्ड समितिमा ३७ जना छौं । कोरम पुग्न १७ जनाको आवश्यकता पर्छ तर हामी १३ जनामात्रै भयौँ,’ उनले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डको बारेमा छलफल गरेका छौं ।’ छलफलले आगामी शुक्रबार हुने बोर्ड बैठकमा फागुनको पहिलो सातामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने त्यो नभएमा चैतमा गर्ने भनिएको छ । उता राष्ट्रपति रनिङ शिल्डका लागि माघमा गर्ने र ढिला भए वैशाखमा गर्ने तयारी थालेको सुनाए । ‘राष्ट्रपति रनिङ शिल्डका लागि आइतबार नै बजेटका लागि अर्थ मन्त्रालयमा पत्र काट्ने तयारी भयो । यो ग्रास रुटको प्रतियोगिता हो त्यसैले पनि यो महत्वपुर्ण छ हामीले बजेटको पनि माग गरेका छौं सम्भवतः चाडै टुंगो लाग्नेछ,’ उनले थपे, ‘गण्डकी प्रदेशका कतिपय स्थानीय पालिकाहरुले त प्रतियोगिता नै सम्पन्न गरिसके । अब जिल्लाले पनि विभिन्न विषयमा गर्दैछ ।’ उनका अनुसार हेरक पालिकालाई एक–एक लाख र प्रदेशलाई राष्ट्रपतिका लागि ६५ लाख रुपैयाँ आउने गर्दछ । प्रखेप गण्डकीले ४ गते मंगलबार राखेप र युवा तथा खेलकुद मन्त्रालयलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड लगाएको प्रस्ताव राख्दै बोर्ड बैठक बोलाउनका लागि दबाद दिँदै पत्र काटेको थियो । खेलाडीको भविष्य अन्योलमा पार्दै खेलकुदलाई कुण्ठीत पार्ने काम राखेपले गरेको भन्दै असन्तुष्टि जनाएको थियो । दशौंका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन भइ मंसिर २ गतेबाट प्रतियोगिता हुनुपर्ने भएतापनि प्रतियोगिताको सुनिश्चितता नभइ अन्योल भएको भन्दै सातवटै प्रदेशले असन्तुष्टि जनाएका थिए । सदस्य सचिव शर्माले राष्ट्रपति र दशौंको मिति तय नहुँदा प्रदेशका खेलाडीका लागि आयोजना हुने विभिन्न प्रतियोगिताहरु समेत अन्योलमा परेको सुनाए । राखेपले मिति तय नगर्दा प्रदेशमा खेलाडी छनोट तथा प्रशिक्षण गर्न नपाएको सुनाए । हरेक खेलाडीको सपना नै राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेगरेपनि मिति तय गर्न नसक्दा सबै अन्योलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->