आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनपीएलमा जनकपुर बोल्ट्सको विजयी शुरुवात, विराटनगर किंग्स ८ विकेटले पराजित

एनपीएलमा जनकपुर बोल्ट्सको विजयी शुरुवात, विराटनगर किंग्स ८ विकेटले पराजित


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८१, शनिबार

आइतबारका खेल
काठमाडौं गुर्खाज भर्सेस चितवन राइनोज (बिहान ९:१५ बजे)
जनकपुर बोल्ड्स र कर्णाली याक्स (दिउँसो १:१५ बजे)

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुरले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोड । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एक/एक विकेट लिए ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । हर्ष थक्कर र किशोर महतोले दुईदुईर मोहमद मोहसिन र माइकले एक/एक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->