बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल

ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८१, शनिबार

पोखरा/ ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल र्निविरोध चयन भएका छन् । शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको हो ।

समितिकाे बरिष्ठ उपाध्यक्षमा पुजन थकाली, उपाध्यक्ष नितीन शेरचन (किरण), महासचिव राकेश श्रेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन भए । त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर रहेका छन । नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउँदै खेल बिकासमा स्थानीयस्तरमा संचालित क्लबहरुको योगदान महत्वपुर्ण रहेको उल्लेख गरे ।

फुटबल खेललाई मुख्य उद्देश्य राखेर करिब ३ दशक अगाडी स्थापना भएको यस क्लबले खेलकुदसँगै सामाजिक कार्यमा पनि आफुलाई समर्पित गर्दै आएको महासचिव राकेश श्रेष्ठले बताए । क्लबले नयाँकार्यसमितिको पदस्थापन कार्यक्रम मंसिर २९ गते शनिबार गर्ने तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->