पोखरा/दुर्लुङ तमु समाजले पोखरामा २३ औं साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका २५ तल्लो फेदीस्थित आफ्नै समाज भवनमा दुर्लुङ तमु समाजले २३ औं वार्षिक साधारण सभा एवम् २४ औं जन्मोत्सव मनाएको हो ।
उक्त कार्यक्रमको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गरे । सो अवसरमा बोल्दै बस्यालले दुर्लुङ समाजले एकताको सन्देश दिएको धारणा राखे । उनले फरक प्रसंगमा बोल्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न नागरिक स्तरबाट योगदान दिन जरुरी रहेको बताए ।
यस्तै विशेष अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले समाजको २३ औं वार्षिक साधारण सभाको अवसरमा बधाई तथा शुभकामना अर्पण गरे । उनले सामाजिक भातृत्व कायम गर्न र एक अर्कालाई सहयोग गर्न समाजको आवश्यकता रहने बताए ।
कार्यक्रममा समाजलाई सहयोग गरेको भन्दै डब्लुओटु गणेश बहादुर गुरुङ, सुवेदार गणेश बहादुर गुरुङ, क्याप्टेन चित्र बहादुर गुरुङ, पूर्णकुमारी गुरुङ र हेलीमाया गुरुङलाई सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रम दुर्लुङ तमु समाजका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष क्याप्टेन गोलमान गुरुङले स्वागत र सचिव मीन बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।





