बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : निर्वाचन आयोग

२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : निर्वाचन आयोग

गोरखा-५ र मुसीकोट-१ मा उत्साहजनक मतदान


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८१, आइतबार
गुल्मीको मुसिकोट नगरपालिकामा रिक्त पदका लागि आज भइरहेको उपनिर्वाचनमा नेपाल राष्ट्रिय सर्वोदय मावि केन्द्रमा मतदान गर्दै ८६ वर्षीय ज्येष्ठ नागरिक तिलबहादुर बस्नेत । तस्बिर : जनार्दन घिमिरे

पोखरा / स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन सुरु भएको हो । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।मतदान गर्दै रुकुमपूर्वको पुथाउत्तरगंगाकी उपाध्यक्षकी उम्मेदवार नरपुरा बुढा ।

यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान हुनेछ । सवै स्थानमा निर्वाचन शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा-५ र मुसीकोट-१ मा उत्साहजनक मतदान
गण्डकी प्रदेशका एक स्थान गोरखा नगरपालिका-५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । त्यहाँ २ हजार २२५ मतदाता छन् । उक्त पदका लागि नौ जना उमेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएपछि सो स्थानमा उपनिर्वाचन भएको हो ।

त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका-१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको ढोरपाटन प्रतिनिधीले जनाएका छन । निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा ४ हजार ९१ मतदाता छन् । उक्त पदका लागि ९ जना उम्मेदवार छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->