आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जलजलाको राष्ट्रपति रनिङ शिल्ड ज्योति मा.वि.ले जित्यो

जलजलाको राष्ट्रपति रनिङ शिल्ड ज्योति मा.वि.ले जित्यो


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८१, आइतबार

तस्बिर : हरिकृष्ण गौतम/म्याग्दी

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड विद्याज्योती माध्यमिक विद्यालयले जितेको छ ।
‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ जलजला–३ वारी बेनीस्थित न्यु होराइजन आवासीय माध्यमिक विद्यालयमा सञ्चालन भएको प्रतियोगितामा विद्याज्योतीले १४ स्वर्ण, नौ रजत र दुई कांस्य पदक सहित प्रथम स्थान हासिल गरेको हो ।
यस्तै न्यु होराइजन आवासीय माध्यमिक विद्यालयले छ स्वर्ण, सात रजत र पाँच कांस्य सहित द्वितीय स्थानमा आएको छ भने अमृत प्याराडाइज एकेडेमीले तीन स्वर्ण, एक रजत र चार कांस्य पदक सहित तेस्रो स्थानमा आएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पत्रले सम्मान गरिएको छ ।
प्रतियोगितामा जलजला गाउँपालिकामा रहेका आधारभूत तथा माध्यमिक तहमा सञ्चालित १४ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
विजेता विद्यालय र विद्यार्थीहरूलाई पुरस्कार तथा शिल्ड प्रदान गर्दै गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले खेलका माध्यमबाट विद्यार्थीलाई स्वस्थ, प्रतिस्पर्धी र अनुशासित नागरिक तयार पार्न सहयोग पुग्ने बताए । पछिल्लो समयमा मानिसहरूको जीवनशैली फेरिँदै गएको बेलामा पनि प्रशस्त मात्रामा शारीरिक व्यायाम नगर्दा विभिन्न रोगहरूको सिकार हुनुपर्ने अवस्था आएको भन्दै उनले खेलले शारीरिक रूपमा तन्दुरुस्त बनाउँदै निरोगी राख्न सहयोग गर्ने उनको भनाई छ ।
विद्यार्थी उमेरबाट नै खेलप्रतिको सकारात्मक धारणा विकास गर्दै विद्यार्थीहरूलाई खेलका अवसरुहरु प्रदान गर्दा देशका लागि खेल्ने खेलाडी तयार हुनुका साथै किताब घोकाइमा मात्रै सीमित हुने घेराबाट बाहिर आउन सकिने उपाध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->