बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पूर्व असईले गरे श्रीमती ज्योतीको हत्या

पूर्व असईले गरे श्रीमती ज्योतीको हत्या


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८१, आइतबार
फाईल तस्बीर ।

धनगढी / कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक९असई० ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका-८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् ।
ज्योती नरेन्द्रकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको निधनपछि विष्टले ज्योतीसँग दुई वर्षअघि बिहे गरेका थिए । शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए । विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->