पोखरा/ पोखराको सिमपानीस्थित त्रिशक्ति समाज सेवा क्लबले तिहारको अवसरमा आयोजना गरेको तेस्रो सिमपानी साँझबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्च गरेको छ । क्लबले पोखरा–२५ स्थित मानव आश्रममा आश्रित १६० जनालाई शनिबार खाना खुवाएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।
उनका अनुसार हीरक जयन्ती मनाइरहेको राष्ट्रिय माविकालाई पनि ११ हजार १ सय ११ रुपैयाँ सहयोग क्लबले गरेको छ ।
उनले नेपअपले आयोजना गरेको श्रीपेचको अन्तिम प्रतिस्पर्धी निशान रानामगरलाई पनि नगद १२ हजार आर्थिक सहयोग गरेको बताए । ‘हामीले सामाजिक काममा खर्च गर्ने योजना अनुसार नै कार्यक्रम गरेका थियौ । त्यसैले साँझबाट जम्मा भएको रकममध्ये करिब ५० हजार बराबरको हामीले सामाजिक कार्यमा खर्च गरेका हौं,’ उनले भने । क्लबले गत कात्तिक १७ गते सिम्पानी चोकमा टुबोर्ग प्रिजेन्टस् तेस्रो सिम्पानी साँझको आयोजना गरेको थियो । क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।





