बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पुथाउत्तरगंगाको उपाध्यक्षमा काँग्रेस एमाले गठबन्धनलाई पछिपार्दै माओवादीको अग्रता

पुथाउत्तरगंगाको उपाध्यक्षमा काँग्रेस एमाले गठबन्धनलाई पछिपार्दै माओवादीको अग्रता


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८१, सोमबार

रुकुमपूर्व / रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीकी नरपुरा बुढाले १०७६ मतका साथ अग्रता लिएकी छन् ।
कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले ७०० मत पाएकी छन् । यो पालिकामा एमाले(कांग्रेसको गठबन्धन छ । यसअघि माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको बागलुङ दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यो पालिकाको वडानम्बर २ मा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->