बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जिल्ला समन्वय समिति कास्कीको लिजा र फ्रा बारे अनुशिक्षण

जिल्ला समन्वय समिति कास्कीको लिजा र फ्रा बारे अनुशिक्षण


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८१, सोमबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) र बित्तिय सुशासन जोखिम मुल्यांकन (फ्रा) बारे स्थानिय तहरूको अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।

पौडेलले स्वमूल्याकंन र बित्तीय जोखिम मुल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुँदा उत्कृष्ट नतिजाका लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे । अनुशिक्षणमार्फत सबै पालिकाहरू निरन्तर कार्यक्षमता बढाउन लाग्नु पर्ने उनको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले लिजा र फ्राबारेमा सहजीकरण गरेका थिए । अनुशिक्षण कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख , र कार्यकारी अधिकृतहरू र बिषयगत क्षेत्र हेर्ने फोकल पर्सन कर्मचारीहरूको सहभागीता रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला समन्वय समिति कास्कीका सदस्य सीतादेवी बिश्वकर्माले र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->