आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्व. प्रदीपको सम्झनामा खुला बास्केटबल प्रतियोगिता हुने

स्व. प्रदीपको सम्झनामा खुला बास्केटबल प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८१, सोमबार

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ ।
चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा आगामी पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका १० रामघाटस्थित पुन समाजको कोर्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार, खुला पुरुषतर्फको विजेता टोलीलाई नगद ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेता टोलीले नगद ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिलातर्फको विजेतालाई नगद २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टोलाई नगद १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि ६ हजार र महिलातर्फ २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->