बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बालगृहमा कृष्ण थापाको अध्यक्षतामा बाल क्लब गठन

बालगृहमा कृष्ण थापाको अध्यक्षतामा बाल क्लब गठन


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८१, सोमबार

पोखरा/असहाय बाल उपकार संघद्वारा पोखरा २५ हेमजामा सञ्चालित बालगृहमा बाल क्लब गठन भएको छ । क्लबको अध्यक्षतामा कृष्ण थापा सर्वसम्मत चयन भएका छन् । क्लबको उपाध्यक्षमा दुर्गा बहादुर थापा (सुमित), सचिवमा अमृता परियार, कोषाध्यक्षमा सुरेश थापा र सहसचिवमा सरस्वती अधिकारी (अप्रजिता) चयन भएका छन् ।
यस्तै सदस्यहरूमा अर्थता कुईकेल, छोयसाङ तामाङ, उन्नती थापा र कृची श्रेष्ठ चयन भए ।
बाल क्लबमार्फत सार्थक बाल सहभागिता सुनिश्चित गर्नका लागि बालगृहमा पहिलो पटक बाल क्लब गठन गरिएको असहाय बाल उपकार संघ बालगृह पोखरा २५ हेमजाका प्रमुख कार्यकारी अधिकृत कृष्णमान श्रेष्ठले बताए ।
संस्थाका प्रशासन तथा लेखा अधिकृत सन्जु बज्राचार्यले बाल क्लबका विभिन्न कार्यक्रमले बालबालिकाले आफुलाई सजक, बुझक र भविष्यमा नेतृत्वदायी भुमिका निर्वाह गर्न पहिलो कदम चालेकोमा सबै पदाधिकारीहरूलाई बधाई दिईन् ।
कार्यक्रमका सभाध्यक्ष तथा असहाय बाल उपकार संघका सचिव रेजिना श्रेष्ठ जोशीले बालबालिकालाई विभिन्न कार्यक्रमहरू राख्न र सिकाईका कार्यहरूलाई निरन्तरता दिँदै गर्दा बालबालिकामा विस्तारै क्षमता अभिबृद्धि हुने बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->