काठमाडौँ/कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हरायो ।
सुदूरपश्चिमको यो पहिलो जित हो । विराटनगरले लगातार दोस्रो हार खेपेको छ । यसअघि पहिलो खेलमा विराटनगर जनकपुर बोट्ल्ससँग आठ विकेटले पराजित भएको थियो । जितका लागि १ सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो ।
विराटनगरका ओपनर मार्टिन गुप्टिल शून्य र लोशक बम दुई रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।





