लेखनाथ/सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको आयोजना र ईलाका प्रहरी कार्यालय शिशुवाको सहकार्यमा औषधी ब्यवसायीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिका भित्र संचालनमा रहेका औषधि ब्यवसायीहरुसंग लागू औषध नियन्त्रणमा औषधि व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले कुलतको पहिलो चरण भनेको सुती र चुरोट भएको र त्यसपछि क्रमशः लागुऔशधतर्फ अग्रसर हुने भएकोले यसको रोकथामका लागि औषधी ब्यवसायीहरुले ठुलो सहयोग गर्न सक्ने बताएका थिए भने औषधि व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष केशरी तिवारी, पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष प्रसाद गुरुङ, ईलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवण कुमार विक लगायतले कुलतमा फस्नु पर्व नै होशियारी अपनाउनु पर्ने सुझाव राखेका थिए ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद ओझा, सदस्य राम कृष्ण खनाल सदस्य सुमित्रा बन्जरा केशवराज ढुंगाना नवराज पौडेलले सेवा केन्द्रले जुनसुकै कुलतबाट टाढै रहन आग्रह गरेका थिए ।





