बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बीबीसीका १०० महिलाको सूचीमा बागलुङकी शिलशिला

बीबीसीका १०० महिलाको सूचीमा बागलुङकी शिलशिला


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८१, मंगलबार

काठमाडौं/बीबीसीले सार्वजनिक गरेको यसवर्षको विश्वका प्रेरक र प्रतिभाशाली १०० महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन् । वातावरणको क्षेत्रमा क्रियाशिल आचार्य बागलुङकी हुन् ।
बीबीसीले पर्यावरण संरक्षण, सँस्कृति एवम् शिक्षा, मनोरञ्जन तथा खेल, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य एवम् प्रविधि क्षेत्रका महिलाहरूको सूची सार्वजनिक गरेको हो ।
१०० महिलाको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, रेप सर्भाइभर एवम् अभियन्ता गिसेले पेलिकोट, अभित्रेनी श्यारोन स्टोन, ओलम्पियन एथलेटिक खेलाडी रेबेका एन्ड्राडे र एलिसन फेलिक्स, गायीका रायी, भिजुअल आर्टिस्ट ट्रेसी एमिन, वातावरण अभियन्ता एडिनिके ओलाडुसु र लेखिका क्रिस्टियाना रेभेरा गार्जा लगायत छन् ।
यसैगरी भारतकी फोटोग्राफर आरती राव, कुस्ती खेलाडी विनेश फोगाट, बौद्ध भिक्षुणी जेत्सुन्मा तेन्जिङ पाल्मो, बंगलादेशकी जलनपीडित अभियानकर्ता जन्नतुल फिर्दौस लगायत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->