बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिलबहादुर गुरुङको निधन

नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिलबहादुर गुरुङको निधन


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८१, मंगलबार

पोखरा/ नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिलबहादुर गरुङको १०३ बर्षको उमेरमा मंगलबार निधन भएको छ । पर्वत जिल्ला साविक आर्थरडाँडाखर्क घर भई हाल पोखरा महानगरपालिका–८ शिवालयचोक बस्दै आएका गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा परिचित थिए । उनी तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गरे भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत बने । २०३२ सालपछि सो गाउँ पर्वत जिल्लामा समाहित भएको थियो भने अहिले कुश्मा नगरपालिका वडा नं १४ मा पर्दछ ।

राजनीति रुपमा चेतना भएमात्र हरेक क्षेत्रको बिकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लागेका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रुपमा चिनिएको पोखराको फिर्केस्थित लिटिल स्टेप माविका संस्थापक शेरबहादुर गुरुङ बताउँछन । स्वर्गीय गुरुङले पञ्चकोशी मावि लगायत अन्य प्राथमिक विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुराएका थिए । गुरुङका श्रीमती, ३ छोरा, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाती, र ३ पनातिनी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->