आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनपीएलमा कर्णाली याक्सको दोस्रो हार, काठमाडौं गुर्खाजसंग ३ विकेटले पराजित

एनपीएलमा कर्णाली याक्सको दोस्रो हार, काठमाडौं गुर्खाजसंग ३ विकेटले पराजित


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८१, बुधबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार दोस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित पुन पुग्यो । लिगको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
यस्तै पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार खेपेको काठमडौँले पहिलो जित दर्ता गरेको छ । जितका लागि १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौँले १९.३ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
काठमाडौँका लागि सुमित महर्जनले अविजित ४० रन बनाउँदा जेरार्ड इरासमसले ३८, कप्तान करण केसीले २८ र माइकल लेभिटले २२ रन जोडे । बलिङमा कर्णालीका जिसन मक्सुद, विपिन शर्मा, गुलशन झा, नन्दन यादव र सोमपाल कामीले एक/एक विकेट लिए ।
कर्णालीका लागि शिखर धवनले ७२ रनको अर्धसतकीय इनिङ्स खेल्दा चाडविक वाल्टनले २१, जीसन मक्सुदले १४, बाबर हायातले १३ र गुलशन झाले १२ रन बनाए । बलिङमा काठमाडौँका जेरार्ड इरास्मसले दुई, करण केसी, नाथन साउटर र दीपेश कँडेलले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->