बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकी माविको अभिभावक भेट

कालीगण्डकी माविको अभिभावक भेट


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८१, बुधबार

बागलुङ/पठनपाठनलाई गुणस्तरीय र प्रभावकारी बनाउन बागलुङको कालीगण्डकी आवासीय माविले अभिभावकसँग भेटघाट शुरु गरेको छ ।
विद्यालयको शैक्षिक सुधार र बालबालिकाको अध्ययनलाई मर्यादित र नजितामुखी बनाउने भन्दै अभिभावक शिक्षा र राय सुझाव समेत गरिएको हो । अभिभावक र शिक्षकबीचको सहकार्यबाट बालबालिकाको सिकाइमा पनि गुणस्तरीय बिकास गर्न सकिने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्रिन्सिपल सुरेन्द्र शाक्यले बताए ।
मंसिर १ गतेदेशि शुरु भएको अभिभावक साक्षातकार अन्र्तगत सबै अभिभावकहरुसँग समूह र घरघरमा पनि पुगेर भेट्ने गरिएको हो । प्ले गु््रप देखि कक्षा १० सम्मका बिद्यार्थीका अभिभावकलाई भेटेर शिक्षण सिकाइ बारे छलफल भएको उनले बताए । यो विधिले बिद्यार्थीको मनोबिज्ञान बुझ्ने, अभिभावकलाई पनि छोराछोरीको पढाइ प्रति उत्तरदायी बनाउने काम भएको हो । यो अभियानमा शिक्षक जीवननाथ रेग्मी सहितको टोली परिचालन भएको हो ।
यो क्रममा बिद्यालयमा प्रविधियुक्त र व्वयहारिक गुणस्तरीय शिक्षा, परामर्श, कोचिक कक्षा, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, प्रयोगशाला र पुस्तकालयको व्यवस्थापन समेतमा ल्याउनु पर्ने सुधार बारे सुझाव पनि संकलन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->