आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लुम्बिनी लायन्समाथि विराटनगर किंग्सको रोमाञ्चक जित

लुम्बिनी लायन्समाथि विराटनगर किंग्सको रोमाञ्चक जित

तीन खेल खेलेको विराटनगरको यो पहिलो जित हो । लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८१, बुधबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले हरायो ।
तीन खेल खेलेको विराटनगरको यो पहिलो जित हो । लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोट्ल्ससँग ८ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।
जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ९३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाउँदा अहमदले ४०, मार्टिन गुप्टिलले २८ र चेरिस सोलले १४ रन जोडे । बलिङमा लुम्बिनीका दुर्गेस गुप्ताले तीन, सद विन जफर र रामोन सिमोन्ड दुई/दुई तथा विवेक यादवले एक विकेट लिए ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६, टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५/१५ र सन्दीप जोराले १२ रन बनाए । बलिङमा विराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->