बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा : मन्त्री चौधरी

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा : मन्त्री चौधरी


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८१, बुधबार

पोखरा/युवा तथा खेलकुद मन्त्री एवम् नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले युवा लक्षित कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै चौधरीले देशका सातै प्रदेशमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताए । स–साना रोजगारी सिर्जना गर्न युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रमहरू अघि सारिएको जानकारी दिँदै मन्त्री चौधरीले त्यसबाट अधिकतम युवाहरू लाभान्वित हुनसक्ने विश्वास व्यक्त गरे ।
नेपाल स्काउटमार्फत प्रत्येक पालिकामा पुग्ने उल्लेख गर्दै उनले उक्त कार्यक्रममा तालिमका माध्यमबाट युवाहरूको क्षमता अभिबृद्धि हुने धारणा राखे । पोखरामा खेलप्रेमीहरूको राम्रो उत्साह देखिएको बताउँदै मन्त्री चौधरीले यहाँको पूर्वाधार विकास लगायतमा सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।
उपनिर्वाचनमा देखिएको नतिजा काँग्रेसका लागि सन्तोषजनक रहेको बताउँदै उनले एकतावद्ध रुपमा पार्टी संगठनलाई क्रियाशिल बनाउनुुपर्नेमा जोड दिए । निर्वाचनमा जसले टिकट पाए पनि उसलाई सबै मिलेर सहयोग गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाई थियो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्य एवम् प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन विभागका सदस्य पदम श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->