बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बीआरआई फ्रेमवर्कमा परेका यी हुन् १० परियोजना

बीआरआई फ्रेमवर्कमा परेका यी हुन् १० परियोजना


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८१, बुधबार

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बुधबार बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् ।
चीन भ्रमणको तेस्रो दिन यो सम्झौतामा हस्ताक्षर भएको हो । दुवै पक्ष बीआरआईको फ्रेमवर्कमा सहमत भएसँगै अन्योल चिरिएको छ । फ्रेमवर्कभित्र विभिन्न १० वटा परियोजना समावेश भएका छन् ।
यी हुन् बीआरआई फ्रेमवर्कभित्र परेका १० परियोजना
१. टोखा–छहरे टनेल
२. हिल्सा–सिमिकोट सडक योजना
३. किमाथांका–खाँदबारी सडक र पुल
४. जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग
५. अमरगढी सिटी हल प्रोजेक्ट
६. जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारणलाइन
७. मदन भण्डारी प्राविधिक विश्वविद्यालय
८. काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम
९. चीन–नेपाल औद्योगिक पार्क दमक
१०. झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->