बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

२६ औं पोखरा सडक महोत्सवको तयारीमा रेवान

२६ औं पोखरा सडक महोत्सवको तयारीमा रेवान


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८१, बुधबार

पोखरा/‘सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ ।
यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो ।
छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै एक पृथक महोत्सव भएकाले यसलाई थप व्यवस्थित पारिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै महोत्सवका संयोजक समेत रहेका रेवान पोखराका द्वितीय उपाध्यक्ष विकास भट्टराईले महोत्सवमा यसपटक हुने आकर्षणका बारेमा प्रकास पारेका थिए ।
उनले सडकमा विभिन्न खानाका परिकार, सांगीतिक कार्यक्रम, लेकसाइडका विभिन्न स्थानहरूमा स्टेज निर्माण, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम लगायत रहने जानकारी गराएका थिए । त्यसैगरी महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा मुख्य स्टेज बन्ने,त्यहीँ लाइभ ब्यान्ड सँगै विभिन्न स्टलहरू रहने बताएका थिए ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले फिस्टेल गेटदेखि अम्मट, गौरीघाट,हल्लनेचोक गैह्राको चौतारा तथा पूर्वतर्फ जरेवरसम्म झण्डै चार किलोमिटर क्षेत्रभित्र महोत्सवको आयोजना गरिने बताए ।
छलफलमा बोल्दै निवर्तमान अध्यक्ष नरेश भट्टराईले पोखरा सडक महोत्सवका प्रायोजकहरु गोर्खा बुअरी, वरुण बेभ्रेजको पेप्सी, खुकुरी रम लगायतले विगतदेखि गर्दै आएको सहयोगले आगामी वर्षहरूमा पनि निरन्तरता पाउने अपेक्षा प्रकट गरे । सहयोगीलाई सहयोगलेनै गुण तिर्नुपर्ने भट्टराईको भनाइ थियो ।
सल्लाहकार समितिका संयोजक गणेशबहादुर भट्टराईले २६ औँ संस्करणसम्म आइपुग्दा पोखरा सडक महोत्सवले अन्तर्राष्ट्रिय स्तरमा पोखराको छुट्टै पहिचान बनाउन सफल भएको भन्दै यसको निरन्तरताका लागि व्यवसायिक एकता आवश्यक पर्ने बताए । संस्थाका महासचिव वीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्दै २६ औँ संस्करण सफल पार्न आम पोखरेलीहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->