पोखरा/सहकारी ठगी प्रकरणमा चर्चित नाम हो, पोखरा ४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड । २०७९ असोज मसान्तयता यो सहकारी तरलता अभावमा बन्द छ । तरलता अभावले मात्र नभई यो सहकारीबाट १८ हजार बढि बचतकर्ताको १ अर्ब १० करोड रुपैयाँभन्दा बढि रकम अपचलन प्रकरणले पनि चर्चामा छ । त्यसमाथि संस्थाका सञ्चालक फरार छन भने पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापनि रवि लामिछाने यही प्रकरणमा कात्तिक २ यता विभिन्न जिल्लाका हिरासतमा छन । संस्थाका सञ्चालक समितिका केही पदाधिकारीहरु कारागारमा छन् भने केही फरार छन ।
सहकारी ठगी प्रकरणमा छानविन गर्न बनेको संसदीय उपसमितिले यो सहकारीमा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख गरेको छ भने विभिन्न व्यक्तिलाई नाम किटान गरेर नै कारवाहीको लागि सिफारिस गरेको छ ।
पछिल्ला दुई वर्षमा यो सहकारीमाथि पोखरा महानगरपालिकाले पनि छानविन गरेको छ । दुवै प्रतिवेदनमा सहकारीको रकम अपचलन भएको पुष्टि गरिएको छ ।
तर, आफ्नो बचत फिर्ता पाउने आश बचतकर्ताले मारेका छैनन् । उनीहरुले प्रदर्शनदेखि ज्ञापनपत्र बुझाउने काम पछिल्लो दुई वर्षमा पटकपटक गरेकै छन । पोखरामा यो सहकारीमा बचत गर्ने बचतकर्ताको संख्या १८ हजार ७ सयभन्दा बढी छ ।
सरकारी वकिलको कार्यालय कास्कीले यो सहकारीमा भएको अपचलनबारे एक अर्ब ११ करोडको बिगो भराउने मागसहित जिल्ला अदालत कास्कीमा दायर गरेको मुद्दा विचाराधीन नै छ । बरु, सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्तिमाथि ठगीसहित संगठित अपराध, किर्ते, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।
अदालतमा मुद्दा लगिँदा बचतकर्ताहरुले न्यायको मागसहित प्रदर्शन पनि गर्ने गरेका छन् । अदालतबाट आउने न्यायिक फैसलालाई कुरेका संगठित बचतकर्ताहरुले सहकारीमा नयाँ सञ्चालक समिति बनाएर त्यसलाई पुनः सञ्चालन गर्ने तयारी गरेका छन ।
नवगठित सञ्चालक समितिको अध्यक्षमा किरण श्रेष्ठ अध्यक्ष चुनिएका छन । श्रेष्ठ सूर्यदर्शन सहकारी पीडित बचतकर्ता समूहको नेतृत्व समेत गर्दै आइरहेका थिए । उनकै नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति गरिएको हो । सहकारी रजिष्ट्रारको कार्यालय, पोखरा महानगरपालिका सहकारी शाखा र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा गठित समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र को षाध्यक्षमा प्रेम रेग्मी चयन भएका छन् । सदस्य मिलन शाही, श्रीभद्र बराल, हरि चालिसे, शान्ति आचार्य र लक्ष्मी कँडेल छन् ।
साधारणसभाले आर्थिक निगरानीका लागि लेखा समिति पनि गठन गरेको छ । राजेन्द्र पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा तारापति सापकोटा र गोपाल गुप्ता छन ।
मंगलबार नयाँ समिति गठन हुनासाथ साधारणसभाले बजारमा भएको ऋण लगानी उठाउने र पूर्व सञ्चालक समितिका सदस्यहरुले गरेको लगानी खोजी गर्ने निर्णय गरेको थियो ।
यसबाहेक सञ्चालक समितिले सहकारी सञ्चालन गरे पनि ऋण प्रवाह नगर्ने निर्णय पनि गरेको थियो ।
सहकारीमा पसिनाको कमाई जोगाएर राख्ने बचतकर्ताले बचत रकम फिर्ता नपाएकै कारण उपचार अभावमा ज्यान गुमाएको, व्यवसाय बन्द गर्नुपरेको अवस्थामा नयाँ समितिले कसरी काम गर्छ । के बचतकर्ताले आफ्नो बचत फिर्ता पाउने अवस्था तयार गर्न समितिले सक्छ त ? संस्थाले अब अगाडि कसरी काम गर्छ त ?
यी लगायतका विषयमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठसँग हामीले कुरा गरेका छौँ ।
उनले सुरुमा नै अब वास्तविक शेयर सदस्य, बचतकर्ता, ऋणीको पहिचान गर्ने, जाहेरीवालाहरुसँग प्रत्यक्ष सम्पर्क गर्ने बताए ।
‘हाम्रो समितिले अब सहकारीको बारेमा हुने हरेक गतिविधिमा समन्वय गर्ने हो । अभिभावक नभएको संस्थालाई अभिभावकत्व दिएका हौँ । अहिले रोक्का सम्पत्ति भएका धेरै छन, खोजीनीति गर्ने विषय पनि छ, नयाँ समिति बनेपछि त्यहाँ हाम्रो पनि संलग्नता हु्न्छ,’श्रेष्ठले भने ।
२०८० को विवरण अनुसार सूर्यदर्शन सहकारीबाट बजारमा धितोमा ६ करोड रुपैयाँ, हायर पर्चेजमा ९० लाख र बिना धितोमा ७ करोड गरि झन्डै १४ करोड रुपैयाँ लगानी भएको छ । यो विवरणको सत्यता जाँच गर्न महानगरबाट लोनसिट लिएर हेर्ने उनले बताए ।
यही रकम उठाउन सकेपनि एउटा कामको सुरुवात हुने उनको भनाइ छ ।
उनी भन्छन, ‘यही रकम पनि हामीले उठाउन सक्यौँ भने वा १० करोड नै उठेतापनि बचतकर्तालाई धेरै राहत हुन्छ । १० करोड भनेको एउटा संस्था हो, यो ऋण भनेको हाम्रो ऋण पनि हो । उठाउन सकियो भने यसलाई कसरी अगाडि लैजाने भन्ने बारेमा हामी पनि छलफल गर्छौँ । महानगरपालिकाले पनि प्रक्रिया अगाडि बढाउला, हामी पनि बढाउँछौँ । संस्थामा कर्मचारी नै राखेर काम गर्नुपरेमा पनि हामी गर्छौँ ।’
तर, अदालतमा अर्बौँ रकम अपचलन भएको हुँदा सो बराबरको बिगो माग गरिएको छ । यो रकम भने जोजोलाई आरोपी मानेर बिगो दायर गरिएको छ, उनीहरुबाट नै असुल हुनेछ ।
कुनै कार्यकालका अध्यक्ष ऐनबहादुर बम्जन, जिबी राई, भूपेन्द्र राई र थानबहादुर बुढाको नेतृत्वमा संस्था थियो । जसको नेतृत्वमा अपचलन भएको छ त्यो रकम प्रतिवेदनमा छ । जसरी उनीहरुले एकलौटी रकम आफैले प्रयोग गरे, उक्त रकम उनीहरुबाट नै भराउने हो । सरकारले अहिले सम्पत्ति रोक्का राख्ने, खोजीनीति गरेको पनि त्यही बिगोबाट भराउने भनेर मुद्दाको प्रक्रिया अगाडि बढाएको हो ।
श्रेष्ठ भन्छन, ‘सरकारले थप खोजी गर्दै गरेको होला, अरु धेरै सम्पत्ति पनि भेटाएको होला, यी कुरा पनि सार्वजनिक होला भन्ने आशा छ ।’
उनले अबको हप्तापछि नै बचतकर्ताको पक्षमा केही प्रक्रियागत कामको थालनी हुने बताए । ‘शेयर तथा बचत सदस्यको हकमा सूचना निकाल्नुपर्ने छ, जाहेरीवालासँग पनि बसेर केही काम गर्नुपर्ने छ । अर्को हप्तादेखि हामी काम सुरु गर्छौँ,’उनले भने ।
सहकारीबाट ऋण लिएका ऋणीहरु पनि अहिले सम्पर्कमा आउन थालेका छन । उनीहरुसँग पनि छलफल गर्नेदेखि लिएर ऋण असुलीको बारेमा विकल्पसहितको छलफल समितिले गर्ने उनको भनाई छ ।
‘अहिलेसम्म हामीसँग प्रत्यक्ष जोडिन आउनुभएका ऋणीको बारेमा पनि छलफल गर्र्छौँ । अहिले दिनहुँ ४÷५ जना ऋण लगेकाहरु सम्पर्कमा आइरहेका छन । उनीहरुमध्ये केहीको सम्पत्ति, घरजग्गा रोक्का छ । संस्थाको नाममा साधन लिनेहरु पनि छन । ऋण तिर्छु भनेर आउनेहरुको हकमा छिटै नै काम थाल्छौँ,’उनले भने ।
सम्पर्कमा नआउने ऋणीहरुलाई सूचना जारी गर्ने र ऋण तिर्न आह्वान गर्ने तर म्याद सकिँदा पनि ऋण तिर्न नआउनेहरुको हकमा प्रचलित कानुन अनुसार अगाडि बढ्ने उनले बताए ।
५०/६० लाख ऋण लिनुभएर म तिर्छु भनेर आउनासाथ कामको सुरुवात हुने यसले अरुलाई पनि सन्देश जाला र सबै आउनुहोला भन्ने आफूलाई लागेको उनले सुनाए । जो ऋणीहरुले ऋण लगे र अहिले तिर्न सक्ने अवस्था छैन भने निश्चित समय पनि दिनुपर्ने हुन सक्छ, त्यसमा पनि छलफल गरिने उनको भनाइ छ ।
‘बिनाधितो ऋण लगेकाहरु म धितो राख्छु, यति समय दिनुहोस भनेर आउन पनि सक्नुहुन्छ, त्यसको विकल्पमा पनि छलफल हुन्छ । ४÷६ महिना लाग्ला, केही काम गरौँ भन्ने हो,’उनी भन्छन्,‘सरकारले नै ऋणीको रकम तिरिदिन्छु भन्ने हो भने हामीलाई मिति तोकिदिए भयो, हामी क्ुरेर बस्छौँ । होइन, जिबी राइबाट नै भराउने हो भने पक्राउ गर्न किन ढिलाई गरिरहेको छ, यो हाम्रो प्रश्न हो ।’
यो सहकारीबाट चार सय जनाले ऋण लिएका छन । दिनमा नै ऋणीहरु सम्पर्कमा आइरहेका छन । उनका अनुसार, कोही हायर पर्चेजका, कोही स्कृुटर पास गर्नुप¥यो, कोही ऋण तिर्नुप¥यो, घरजग्गा फुकुवा गर्नुप¥यो भनेर आउने गरेका छन् ।
‘ऋण तिर्न आउनेहरुलाई हामीले के छुट दिनुपर्ने हो, अवस्था हेरेर समन्वय गरौँला तर लिएपछि त तिर्नुपर्छ भन्ने मानसिकता ऋणीले राख्नुप¥यो,’ उनले भने ।





